काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिवार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिवार फाइनल खेल हुँदैछ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । २१ दिन र २४ खेलपछि फाइनल पुग्ने दुई टोली धनगढी र काठमाडौं उपाधिका लागि तयार छन् ।

फाइनल अघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् र दुवैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको थियो । यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २-१ ले हराएर फाइनलमा स्थान बनायो ।

काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३-० ले पराजित गर्दै पुनस् धनगढीसंग उपाधि भेट पक्का गरेको हो । धनगढीसंग बेहोरेको दुई हारको बदला फाइनलमा लिने योजनामा काठमाडौं छ । उता धनगढी पनि यसअघिको लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा छ ।

नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । उता नेपालको नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौं खेल्दैछ । फाइनलअघि शुक्रबार भएको प्रि क्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले फाइनलमा लागि तयार रहको र उपाधि जित्ने दावी गरे ।

शनिबार, जेठ ०१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957