काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् । प्रचण्डपथ भित्र […]
सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको प्रदेश […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । २०४६ सालको जनआन्दोलन, बृहत […]
सुर्खेत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न फोनिज सुर्खेतको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसम्मत गठन भएको हो । जसको उपाध्यक्ष मनिषा गुरुङ्ग, सचिव लक्ष्मण बुढामगर, सहसचिव ९महिला० करिष्मा चौधरी र कोषाध्यक्ष पदमा दिपा गाहामगर सर्वसम्मत चयन भएका छन् । […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउँने ग्यास लिकहुँदा पसलमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन स्थित गणेश एण्ड गायत्री पसलमा आगललागी भएको जनाएको छ । कोठा भित्र खाना पकाउँन राखिएको सानो ग्यासको सिलिण्डर एक्कासी लिक भई आगो सल्किन जाँदा कोठा भित्रदेखि उक्त […]
काठमाण्डौ । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ । अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]
सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो । नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् […]
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत लेकबेँसी नगरपालिका १ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित […]