सुर्खेत । सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन भोली शनिवार वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश समितिको आयोजनामा कार्यक्रम हुने भएको हो ।
प्रदेश भर छरिएर रहेका सुनचाँदी व्यवसायीको हतहितका लागि वकालत गर्ने संगठनको प्रथम अधिबेशन २०७८ सालमा सम्पन्न भएको थियो । जसबाट जनक सुनारको संयोजकत्वमा कार्यसमिति चयन भएको थियो ।
करिव ३ वर्षे कार्यकाल सफलता पुर्वक निर्वाह गरिसकेपछि अब नेतृत्व हस्तान्तरण गर्ने वा पुरानै कार्यसमितिले निरन्तरता पाउने भन्ने कुनै निस्कर्ष नभएको सचिव चित्र सुनारले जानकारी दिए ।
साधारण सभामा प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधि र परिवेक्षकहरु छनोट भई सुर्खेत आईसकेको सचिव सुनारले बताए ।
शुक्रबार, चैत्र ०२, २०८०मा प्रकाशित गरिएको