प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शपथविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता

काठमाडौं । प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै […]

महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारलाई पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । शनिबार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गरेका हुन्। अध्यक्ष पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा […]

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन अध्यक्षसहित शनिबार बसेको बैठकले कोभिड १९ महामारीका कारण २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा गर्न लागिएको पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको केन्द्रीय सचिवालयका सचिव भास्कर भद्राले जानकारी दिए । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्दै […]

एमाले विवाद : जेठ २ मा फर्कन अध्यक्ष ओली सहमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ […]

प्रधानमन्त्रीको शपद २:३० बजे, पुरानै मन्त्री दोहोर्‍याउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ । २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा […]

ओलीको सपथ ग्रहण आज, ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार अपरान्ह हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सपथ ग्रहण पछि मात्रै नयाँ मन्त्रिपरिषद गठन हुने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन । यही बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन : पृथ्वी सुब्बा गुरुङ

काठमाण्डौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन नियुक्ती भएका छन् । ठूलो पार्टीको हैसीयतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई पुन नियुक्त गरेका थिए । बहुमतको सरकारका लागि आह्वान गरिएको समय भित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गरिएको हो । यस अघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र […]

नयाँ सरकार बनाउन कांग्रेसले माधव समूहको सहयोग खोज्ने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ । त्यसका लागि सिंगो जसपाका साथै एमालेको असन्तुष्ट समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने कांग्रेस सहमहामन्त्री डा। […]

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका […]

राजीनामाबारे माधव नेपाल पक्षले सांसदसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ । सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । सांसदहरुको छलफलअघि आइतबार नै नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१