कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर एमालेको माधव नेपाल पक्ष भने सरकारबाट फिर्ता हुने मनस्थितिमा देखिएको छैन ।
यसैविच, वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । मंगलबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको निर्देशन नमान्ने सांसदलाई कारवाही गरिने बताएका हुन् ।
सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाका लागी किर्ते हस्ताक्षर बुझाइएको दाबी समेत उनले गरे ।
बुधबार, जेठ १२, २०७८मा प्रकाशित गरिएको