काठमाडौँ : “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” गरिने भएकोछ । “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” यहिं आउँदो भदौं महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिले बताएको छ ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने भदौं १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौं सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०७६ भित्र गित निकालेको हुनु पर्नेछ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्डलाइ शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। संचारकर्मी सुर्य चन्दको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि) , भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०”को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा सामाखुसीमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

आइतबार, साउन ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१