एजेन्सी काठमाण्डौ, असार ९ । धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ । यस प्रक्रियाको हिसाबअनुसार ओभ्युलेसन प्रक्रिया सबैभन्दा बढी सक्रिय १३ औं, १४ औं, १५ औं र १६ औं दिनको हुन्छ।

धेरैजसो महिलालाई लाग्छ कि मासिक स्राव भएको बखत यौन सम्पर्क राख्नु सुरक्षित हुन्छ। कन्डम वा यस्तो कुनै पनि सुरक्षात्मक विधि नअपनाए पनि गर्भ रहँदैन । तर के यो सही होला ?

मासिक स्रावको क्रममा गर्भ रहँदैन भन्ने जुन धारणा छ, त्यो आफैँमा सही छैन । कुनै सुरक्षा नअपनाई गरिने यौन सम्पर्कले गर्भ रहने खतरा रहन्छ, मासिक स्रावकै बेला पनि । यद्यपि यस्तो सम्भावना भने न्युन मात्रामा हुन्छ । स्त्री रोग तथा प्रसूति विशेषज्ञहरूका अनुसार मासिक स्रावको बेला गरिने यौन सम्पर्कका कारण एकदेखि १५ प्रतिशतसम्म गर्भ रहने सम्भावना हुन्छ ।

यस्तो हुन्छ प्रक्रिया

यस कुरालाई यसरी बुझ्न सकिन्छ । अण्डाशयबाट अण्डा निस्कने प्रक्रियालाई ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन भनिन्छ । डिम्बवही नली हुँदै अन्ड युट्रेस अर्थात् गर्भाशयमा पुग्छ । डिम्बवही नली त्यही स्थान हो, जहाँ स्पर्मको सम्पर्कमा आएर अन्ड फर्टिलाइज हुन्छ । यदि गर्भधारण भएन भने अण्ड रक्तस्रावको रुपमा शरीरबाट बाहिर निस्कन्छ । जसलाई पिरियड वा मासिक स्राव भनिन्छ ।

 

छोटो मासिक चक्र भएका महिलाहरूले ख्याल राख्नुपर्ने कुरा

क्हिले काही मासिक स्रावको चक्र छोटो हुन्छ । यदि यो ग्याप २२ दिन भन्दा कम भएमा मासिक स्राव लगत्तै ओभ्युलेशन हुन्छ । यो ग्याप केवल तीन वा चार दिनको हुन सक्छ । यसको अर्थ मासिक स्राव भएको अन्तिम दिन वा पाँचौं दिन यदि तपाईं विनासुरक्षा विधिविना नै यौन सम्पर्क राख्नुहुन्छ भने गर्भ रहने सम्भावना हुन्छ ।

मासिक स्रावको बेला यौन सम्पर्क गर्नु परेमा

एक सर्वेक्षणका अनुसार मासिक श्रावको बेला पुरुषहरूले कण्डम प्रयोग गर्न चाहँदैनन् वा रुचाउँदैनन् । यस्तो अवस्थामा दुवैलाई केही किसिमको संक्रमण हुने भय रहन्छ। त्यसैले यस क्रममा यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नु उचित र सुरक्षित हुन्छ ।

मंगलबार, आषाढ ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957