काठमाण्डौं, असार ८ । बलिउडमा चर्किएको परिवारवादको मुद्दाले नेपालमा पनि हलचल मच्चाइरहेको छ । नेपाली चलचित्रमा पनि परिवारवाद हाबी भएको भन्दै केही कलाकारले आवाज उठाइरहेका छन् ।

नेपालमा चलचित्रकर्मीकै छोराछोरीको रुपमा यो क्षेत्रमा आउने कलाकारको संख्या थोरै छ । नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, नायिका केकी अधिकारी, नायिका निरीषा बस्नेतलगायत चलचित्रकर्मीका सन्तानको रुपमा यो क्षेत्रमा प्रवेश गरेका हुन् ।

यीमध्ये कतिपय कलाकारले सफलता हासिल गरिरहेका छन् भने कतिपयको अवस्था सुखद् छैन । आठौं चलचित्र ‘ए मेरो हजुर ४’मा काम गरिरहेका नायक अनमोल केसीको पनि विभिन्न कोणबाट आलोचना नभएको होइन । तर चलचित्र क्षेत्रमा उनी अहिलेका सर्वाधिक माग भएका कलाकार हुन् । अनमोल चलचित्र क्षेत्र परिवार भएको भन्दै सबै मिलेर काम गर्नुपर्ने बताउँछन् । उनी यो क्षेत्रले नयाँ प्रतिभालाई सधैं स्वागत गरेको पनि बताउँछन् ।

उनै अनमोल लामो दौडका लागि तयारी नै मुख्य साँचो भएको उल्लेख गरेका छन् । आठौं चलचित्रसम्म आइपुग्दा अनमोलको क्रेज लोभलाग्दो छ । तर उनले चलचित्र अभिनयमा अझै तयारी गर्न आवश्यक रहेको पनि समीक्षा हुने गरेको छ । अनमोलको कुराबाट पनि के बुझ्न सकिन्छ भने उनी लामो दौडको तयारी गरिरहेका छन् ।

सोमबार, आषाढ ०८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४