काठमाडौं । चर्चित संगीतकार शिखर सन्तोषले कोभिड-१९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्बजनिक भएको छ । कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।

चर्चित संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा त्यस्तै भावना बोकेको सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ । सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् ।गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो । पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।

सोमबार, आषाढ ०१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४