१: के गर्दै हुनुहुन्छ आराम हुनुहुन्छ नि ?
आज भोलि सबै काम रोकिएको छ ।कोरोनाको माहामारिले लकडाउन भएको छ । घरमा नै बसेको छु गित संगीत कसरि अगाडी बढाउने भन्ने सोचमा छु ।

२ अभिनय र कला क्षेत्रमा कैले देखि लाग्न्नु भयो ?

म सांगेतिक क्षेत्रमा प्रवेश गरेको लगभग ४ बर्ष जति भयो ।

३,अहिले सम्म कति म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?

मैले अहिलेसम्म भिडियो खेलेको छैन । म पेशाले गायिका हु । एकदर्जन जति गित बजारमा आएको छ ।

४, चलचित्र खेल्ने रहर जागेको छैन?

मलाई चलचित्र खेल्ने रहर छैन गाउने मात्र हो ।मलाई गायिका भएर नै यो क्षेत्रमा जम्ने रहर छ ।

५, यो क्षेत्रमा बिशेसगरी महिला कलाकारको शोसन हुन्छ भन्छ्न नि?

खोइ म तेस्तोमा नपरेर हो कि मेरो त यो क्षेत्र मा आफ्नै मान्छे भएर होला त्यस्तो अनुभब गरेको छैन । त्यसैले मलाई थाहा भएन तर यो कुरामा आफुमा पनि भर पर्छ जस्तो लाग्छ ।

६,कलाकार हुनलाई के के चिज को आवस्यक पर्छ ?

मेरो बिचारमा कोहि सग नराम्रो नबोल्ने सबैलाई माया गर्ने अनि आफूसग कला पनि चाईन्छ जस्तो लाग्छ।त्यति मात्र हैन कला ,गला र प्रतिभा मुख्य चिज हुन् ।

७, रुप र पैसा भए पुग्छ भन्छ्न कुरो के हो ?

यो कुरा सरासर गलत हो रुप र पैसाले मात्र हुने भए जो पनि कलाकार बन्थे होला ।कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो ।

८,नयाँ आउने अनि यो क्षेत्रमा आउन चाहानेलाई के भन्नू चाहानुहुन्छ?

कलाकार बन्न धेरै गाह्रो छ बुझेर र सोचेर मात्र लाग्नु होला। यो क्षेत्रमा सहयोग गर्ने भन्दा धुत्ने मान्छे धेरै छ ।स्वार्थि समुह छ त्यसबाट बच्न सक्नु हुन्छ भने मात्र आउनुहोला भन्न चाहन्छु ।

९, संगीतले तपाईंलाई के दियो?

संगीतले मलाई दर्सकको माया दिएको छ ।गायिका भनेर चिनाएको छ ।मेरो परिचय बनाएको छ ।

१०,कला र संगीत क्षेत्रमा हुनुहुन्छ आफ्नो काममा कति को सन्तुष्टि हुनुहुन्छ ?

म आफ्नो पेसाप्रति एकदम खुसी छु।आफुले गरेको काममा सन्तुस्ट हुन सकेन भने त्यो मान्छे कहिले सुखी हुन सक्दैन ।

११, प्रेम के हो तपाईंको बिचारमा ?

प्रेम मेरो बिचारमा माया हो।दुई आत्माको मिलन हो ?

१२, प्रेम प्रस्ताब कतिको आउँछ ?

आउँछ ,आउदैन भन्दा पत्याउनु हुन्न होला सबैले। तर म अहिले आफ्नो भबिस्य बनाउने तर्फ सोच्दै छु प्रेम हैन ।

१३ ,सेक्स के हो तपाइको बिचारमा ?

सेक्स प्राकृतिक चिज हो।यस्लाई सृष्टि चलाउने माध्यम पनि बुझौ ।जुन कुरा मन मिल्ने मान्छे र माया गर्ने मान्छे संग हुने सम्बन्ध हो ।तर यसलाई दुरुपयोग गर्नु हुदैन ।

१४,आगामी योजना के छ ?अन्तमा केहि भन्नु हुन्छ ?

गित संगीतमा भएको मान्छे। गित संगीतलाई अगाडी बढाउने सोचमा छु ।नया गित निकाल्दै छु ।अन्तमा मेरो भनाई राख्न दिनु भएकोमा तपाइँ र तपाईको संचार सस्थालाई धन्यबाद ।कलाकारलाई माया गर्दिनुस ।गित संगीतलाइ मन पराईदिनुस भन्न चाहन्छु सबैलाई ।

आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957