काठमाण्डौ । रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध हुन् ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासले नयाँ भेरियन्टको कोरोना भाइरस जोखिमपूर्ण भएकाले समयमै जाँच र उपचार गर्न आग्रह गरे ।

सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचाउननै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने डाक्टरको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई कम प्रभाव पारेकोमा दोस्रो चरणमा धेरै युवालाई समस्यामा पारेको छ । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

बिरामीले आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नु र प्रशस्त मात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि पर्ने सुझाव दासले दिएका छन् ।

आइतबार, जेठ ०९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४