काठमाण्डौं । निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञा अघि छायांकन भएकाले निषेधाज्ञाको तीन सातासम्म शो प्रशारणमा समस्या भएन । शोको ब्याटल राउण्ड शनिबारबाट सकिएको छ । शो अब नकआउट राउण्डमा प्रवेश गर्नेछ । तर, निषेधाज्ञाका कारण नकआउट राउण्डका भागहरु छायांकनमा समस्या भएको छ ।

https://www.youtube.com/watch?v=O0Ieh-iagWg

सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै दर्शकविना नकआउट राउण्डका केही भाग छायांकन भएपनि पुरा भने भएको छैन । यो साता पनि नयाँ एपिसोड ल्याउने कोसिस भइरहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

अर्को चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ अनिश्चित कालका लागि स्थगित भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सिजन २ को नयाँ भागहरु छायांकन गर्न नसकिएपछि प्रशारण स्थगित गरिएको हो ।

‘दोहोरी टेलिभिजन रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’ निषेधाज्ञामा पनि प्रशारण भईरहेको छ । शो नेपाल टेलिभिजनमा हरेक शनिबार बेलुका ८ः५० बजे प्रशारण हुँदै आएको छ । हिजो शनिबारसम्म शोको १० भाग प्रशारण भईसकेको छ । ‘आगामी शनिबारसम्मको भाग तयार रहेको बताउदैं कार्यक्रम संचालक गायक बद्री पंगेनीले त्यसपछि के गर्ने भन्ने सल्लाह हुँदैं गरेको बताए ।

सोमबार, जेठ ०३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४