काठमाण्डौ – कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।


गएको आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर अहिले आमाछोरीकै अवस्था सामान्य रहेको खबरमा उल्लेख छ ।

ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई गएको हप्ता नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतमा गएको २४ घण्टामा मात्रै ३४ हजार आठ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १० लाख ३८ हजार नाघेको छ । भारतमा अहिलेसम्म २६ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणको कारण ज्यान गएको छ ।

शनिबार, साउन ०३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957