काठमाडौं, असार ११ । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा दोस्रो स्थानको लाजियो पराजित भएको छ । एटलान्टाले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ३ गोल पर्काएपछि लाजियो ३-२ ले पराजित भएको हो । यसले शीर्ष स्थानको युभेन्ट्सलाई फाइदा पुगेको छ ।

खेलको पाँचौ मिनेटमा एटलान्टाका मार्टेन डे रुनले आत्मघाती गोल गर्दा लाजियोले अग्रता लिएको थियो । ११ औं मिनेटमा सर्गेज लिनकोभिच साभिचले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । तर अग्रता कायम राख्न सकेन ।

३८औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले घरेलु मैदानमा गोल गर्दै पहिलो हाफमा गोलअन्तर २-१ मा झारे । ६६ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि एटलान्टाले खेल २-२ को बराबरीमा पुर्‍यायो । ८० औं मिनेटमा जोस लुइस पालोमिनोले गोल गरेपछि एटलान्टाले पुनरागमन जित हात पारेको हो ।

जितपछि २७ खेलबाट ५४ अंक जोडेको एटलान्टा चौथो स्थानमा छ । लाजियो भने ६२ अंकसहित दोस्रो स्थानमै छ । लाजियोको हारले शीर्ष स्थानको युभेन्ट्सलाई भने फाइदा पुगेको छ । समान ३१ खेलपछि युभेन्ट्सले ४ अंकको अग्रता बनाएको छ ।

यस्तै तेस्रो स्थानको इन्टर ससुलोसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि इन्टरको ३१ खेलबाट ५८ अंक छ ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957