काठमाडौं, असार ११ । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा दोस्रो स्थानको लाजियो पराजित भएको छ । एटलान्टाले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ३ गोल पर्काएपछि लाजियो ३-२ ले पराजित भएको हो । यसले शीर्ष स्थानको युभेन्ट्सलाई फाइदा पुगेको छ ।

खेलको पाँचौ मिनेटमा एटलान्टाका मार्टेन डे रुनले आत्मघाती गोल गर्दा लाजियोले अग्रता लिएको थियो । ११ औं मिनेटमा सर्गेज लिनकोभिच साभिचले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । तर अग्रता कायम राख्न सकेन ।

३८औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले घरेलु मैदानमा गोल गर्दै पहिलो हाफमा गोलअन्तर २-१ मा झारे । ६६ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि एटलान्टाले खेल २-२ को बराबरीमा पुर्‍यायो । ८० औं मिनेटमा जोस लुइस पालोमिनोले गोल गरेपछि एटलान्टाले पुनरागमन जित हात पारेको हो ।

जितपछि २७ खेलबाट ५४ अंक जोडेको एटलान्टा चौथो स्थानमा छ । लाजियो भने ६२ अंकसहित दोस्रो स्थानमै छ । लाजियोको हारले शीर्ष स्थानको युभेन्ट्सलाई भने फाइदा पुगेको छ । समान ३१ खेलपछि युभेन्ट्सले ४ अंकको अग्रता बनाएको छ ।

यस्तै तेस्रो स्थानको इन्टर ससुलोसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि इन्टरको ३१ खेलबाट ५८ अंक छ ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१