ज्वाला अपडेट

५३ मिनेटutes अगाडि

मुगु छायानाँथ रारा नगरपालिका-७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स जिप दुर्घटना हुँदा ३ जना मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मिति २०८३।०७।२९ गते रारा कच्ची सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाईलक्स गाडी अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा दुर्घटना भएको हो । उक्त जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र बी.सु. गार्ड ताल्चाबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा ७ जना गरी १७ जनाको प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको थियो ।
मृतकहरुको विवरण:
१. जिल्ला काठमाडौं, कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत
२. जिल्ला काठमाडौं बस्ने ५४ वर्षीय रमेश बिडारी
३. जिल्ला काठमाडौं बस्ने ५० वर्षीय पूर्णकुमार थापा
घाइते तिनै जनालाई जिल्ला अस्पताल मुगु पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते हरुको तत्काल सोहि अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरूको विवरण :
१. जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–१५ बस्ने ५४ वर्षीया अन्जु थापा — अवस्था मध्यम ।
२. चालक जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापा — अवस्था मध्यम ।
उक्त गाडीमा चालकसहित ५ जना सवार रहेको बुझिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । साथै चालकले मादक पदार्थ सेवन गरे/नगरेको र दुर्घटनासम्बन्धी अन्य विवरण खुल्न बाँकी रहेको छ ।

आइतबार, कार्तिक ३०, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८