दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बलेरो पिकअप गाडीको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ५ः२० बजे डुङ्गेश्वर गाउँपालिका–१ चुप्रादेखि देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १८२६ नम्बरको बलेरो पिकअपले समला टोल नजिकै पैदल हिँडिरहेका २९ वर्षीय जुठे विकलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बर्दियाको बाँसगढी नगरपालिका–१ निवासी २३ वर्षीय प्रतुस कँवरले चलाएको उक्त गाडीको ठक्करबाट विकको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते विकलाई प्रहरीको गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको थियो ।

घटनापछि प्रहरी चौकी चुप्रा, प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर दैलेखबाट समेत टोली खटिएको थियो ।

दुर्घटनामा संलग्न बलेरो पिकअप घटनास्थलमै रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, कार्तिक १४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१