काठमाडौं । लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिको समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि पर्याप्त भयो । खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्यु आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएर बल हातबाट फुत्किएपछि मेक्सिकोले फाइदा उठायो । मिडफिल्डर रोमोले सही समयमा बललाई खाली पोस्टको दिशा दिए ।

दक्षिण कोरियाले खेलको ८७औँ मिनेटमा बराबरी गर्ने राम्रो अवसर पाएको थियो । तर, चो ग्यु–सुङको नजिकैको हेडरलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले बचाए ।

खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । दुवै टोलीले ८ सर्ट प्रहार गर्दा सर्ट अन टार्गेट मेक्सिकोको ४ र दक्षिण कोरियाको २ छ । पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रह्यो ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

चेक रिपब्लिक दक्षिण कोरियासँग हार बेहोरेको थियो । २ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जिवितै छ ।

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

समूहको शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको मेक्सिकोले जुलाई १ मा मेक्सिको सिटीमा हुने राउन्ड अफ ३२ को खेलमा समूह सी, ई एफ एच वा आई मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

खेलपछि मेक्सिकोका प्रशिक्षक जोभियर एगिरेले एउटा गल्तीले नै जित–हारको निर्णय भएको बताए । दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङबोले आफ्नो योजना अनुसार नै खेलेपनि गोल खानु निराशाजनक भएको उल्लेख गरे ।

शुक्रबार, आषाढ ०५, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१