सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ट्राफिक चेकजाँचमा २७ सवारी साधन कारवाहीमा परेका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमख प्रहरी उपरिक्षक एसपी मुकुन्द्र प्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक राेहित कुमार शाहीकाे नेतृत्वमा खटिएकाे १५ जनाकाे प्रहरी टाेलीले रत्न राजमार्ग अन्तर्गतकाे वीरेन्द्रनगर ११ पिपिरा सडक खण्डमा ‘रडार गन’ (Radar Gun) र ‘ब्रेथलाइजर’ (Breathalyzer) सहित विशेष चेकिङ्ग गरेकाे थियाे ।
चेकिङ्गका क्रममा तीव्र गति र मादक पदार्थ सेवन मापसे गरी सवारी चलाउनेहरू विरुद्ध कडा निगरानी समेत गरिएको थियाे ।
ट्राफिक नियम उल्लंघन गर्ने कुल २७ वटा सवारी साधनहरू कारबाहीमा परेका छन् । जसमध्ये तिव्र गतीमा कारवाहीमा परेका दुईपाङ्ग्रे सवारी साधन १४, चारपाङ्ग्रे सवारी साधन ११, सरकारी सवारी साधन १ र मापसे गरेकाे सवारी १ रहेकाे थियाे ।
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि यस्ता प्रविधिमैत्री चेकिङ्गलाई निरन्तरता दिइने प्रहरीले बताएको छ ।
बुधबार, चैत्र १८, २०८२मा प्रकाशित गरिएको



