कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ८ मा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपति शिक्षा मन्दिर नेपालगञ्जका प्राचार्य रतनबहादुर शाहीको विशेष पहल र तिलागुका ८ का वडा अध्यक्ष तिलक न्यौपानेको सहयोगमा विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल, कर्णाली प्रदेशले स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

पछिल्लो समय यस क्षेत्रका बासिन्दाहरूमा भाइरल ज्वरो, रुघाखोकी, जिउ दुख्ने, टाउको दुख्ने तथा पखाला लाग्ने र पेट दुख्ने जस्ता समस्याहरू व्यापक रूपमा देखिएपछि संघले स्थानीयलाई राहत पुर्‍याउने उद्देश्यले यो विशेष पहल गरेको हो ।

शिविरमा वरिष्ठ चिकित्सक डा. राम गोपाल तिवारीले उपचार गरेका थिए भने बिरामीहरूको स्वास्थ्य परीक्षण पश्चात आवश्यक स्वास्थ्य परामर्श दिए ।

साथै, रोगको प्रकृति अनुसार आवश्यक पर्ने औषधिहरू समेत पूर्ण रूपमा नि: शुल्क वितरण गरिएको छ । मौसमी संक्रमणका कारण धेरै स्थानीयहरू समस्यामा परेको अवस्थामा घरदैलो मै पुगेर दिइएको यो सेवाले समुदायमा ठूलो सहयोग पुगेको छ । शिविरमा तिलागुफा नगरपालिका वडा नम्बर ८ अन्तर्गतका विभिन्न बस्तीहरूबाट स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

विशेषगरी चाखाचौर, गुरुबाडा, चौखा बाडा, सत्य बाडा र ओखरभिट्टा लगायतका गाउँहरूका लगभग ४५० जना व्यक्तिहरूले यस स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ उठाएका छन् ।

स्वास्थ्य सेवाको सहज पहुँच नभएका यी दुर्गम गाउँहरूमा संघले पुर्‍याएको यो मानवीय सहयोग र डाक्टर तिवारीको सक्रियतालाई स्थानीय बासिन्दाले धन्यबाद ज्ञापन गरेका छन् ।

आइतबार, चैत्र १५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८