सुर्खेत । कर्णालीमा श्रम खोज्ने र दिनेका लागि श्रमाधान मेला हुने भएको छ । शुक्रबार आजबाट प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मेलाको तयारीका विषयमा हिजाे बिहिबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए ।


त्यस्तै, नेपाल चेम्बर अर्फ कमर्स कर्णली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए । श्रम कार्यलय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पुरा भएको बताए । हालसम्म मेलामा ४० वटा निजि क्षेत्रका स्टलहरु रहने छन् । जसमध्ये ३४ वटा स्टलहरु बुक भै सकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए ।

मेला विहान १० बजेदेखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्दघटन गर्नेछन् । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २/२ दिन सञ्चालन भै रहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।

शुक्रबार, जेठ २५, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957