सुुर्खेत । सुर्खेतमा अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने असरलाई मध्यनजर गर्दै सामुहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । यता, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरु पनि बन्द गर्ने तयारी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्याधिक बढेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिएको जानकारी गराए । तर निर्णय भने भइनसकेको उनको भनाई छ ।

शुक्रबार, जेठ १८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४