सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको चैते दशैंको विदा दिन नसकिने भन्ने निर्णयको चौतर्फि आलोचना हुन थालेको छ । कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को चैत्र २९ २०८० को निर्णय अनुसार चैत्र सुक्ल अष्टमी चैते दशैं बैसाखमा परेको हुँदा प्रदेश भर सार्वजनिक विदा दिन नरहेको सुचना जारी गरेसंगै आलोचना बढ्न थालेको हो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी रोशन बहादुर शाहीको हस्ताक्षर रहेको सुचनामा बैसाख ४ गतेकाे चैते दशैं परेकाे र सार्रवजानिक विदा नरहने बताइएकाले प्रदेशका विभिन्न ब्यक्ति, सस्थाले खेद प्रकट गर्दै सामाजिक सञ्जालमा आपक्ति जनाएका छन् ।

ते दशै (चैत्राष्टमी) चैत्र महिनामा नभै बैशाख महिनामा परेकाले बिदा नदिने भन्दै कर्णाली प्रदेश सरकारले गरेको निर्णय आपत्तिजनक भएको नेपाल ज्योतिष परिषद् सुर्खेतका सचिव ज्यो. खगेन्द्र प्रसाद अधिकारीले सामाजिक सञ्जालमा लखेका छन् । उनि लेख्छन् “हाम्रा चाडपर्वहरु चान्द्रमास अनुसार गणना हुन्छन भन्ने सामान्य जानकारी सरकार चलाउनेहरुमा नहुनु दुस्खद पक्ष हो । फागु पुर्णिमा चैत्र पर्न सक्छ । बडा दशै कार्तिकमा पर्न सक्छ । तिहार मसिरमा पर्न सक्छ । सौरमास र चान्द्रमासका बारेमा बुझ्ने जान्ने कोशिस गरौ । सनातन माथिको आक्रमण बन्द गरौ ।”

यस्तै, नेपाली परम्परा र धर्मसंग सम्बन्धित ब्यक्तित्वहरुका साथै सामाजिक अभियान्ताहरूले पनि सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन् ।

सोमबार, बैशाख ०३, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१