कठमाण्डौं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी बैंकहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने बताउछन् । अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढाउनुको नकारात्मक असर देखिएको भन्ने बजारको मनोविज्ञान खडा हुँदा अमेरिकी डलरबारे संशय उत्पन्न भएको उनी बताउँछन् ।

डलरको चिन्ता र तेलको खस्कँदो मूल्य
अमेरिकी डलर बलियो हुँदै गएको अहिलेसम्मको अवस्था कायम छ । मार्च महिनामै सिलिकन भ्याली बै.क (एसभीबी) र सिग्नेचर बैंकसङ्कटमा परेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको आश्वासन दिए तापनि एसियाली तथा युरोपेली शेयर बजारहरू आश्वस्त हुन सकेका देखिँदैनन् ।

शेयर बजारका कारोबारीहरूले समेत सुनमा नै लगानी बढाइरहेको बताइन्छ । भट्ट थप्छन्, तेलको मूल्य समेत विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ । आर्थिक मन्दी हुनसक्ने चिन्ता छ ।” लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन् ।

कारोबार ‘ठप्प’
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले उच्च भाउका कारण नेपाली बजारमा कारोबार अहिले ‘ठप्पजस्तै’ रहेको बताउँछन् । भाउ अझै केही बढ्ने नै देखिन्छ । नेपालीहरूको क्रय शक्ति बढेको छैन । त्यसले सुन बजार निकै सङ्कटमा देखिन्छ, शाक्य भन्छन् ।

सुन यति धेरै महँगो भयो कि नेपालीहरूले अत्यावश्यक नपरीकन सुन किन्ने अवस्था छैन । नेपालमा  दिनप्रतिदिन बढेर सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दु प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका प्रवक्ता भट्टले नेपालमा विवाहको समयमा मागका दृष्टिले सुनको कारोबार केही बढ्ने भए तापनि त्यो अन्तर्राष्ट्रिय बजारकै प्रभावले चल्ने बताउँछन् ।


दबावमा उपभोक्ता
विवाहको समयबाहेक तीजको समयमा समेत नेपालमा सुनको माग निकै बढ्ने गरेको विगतको अनुभव छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्ने भए तापनि नेपालमा सामाजिक–सांस्कृतिक रूपबाट त्यो सम्भव नहुने भएकाले उपभोक्ताको दृष्टिबाट त्यो चिन्ताजनक समेत मान्ने गरिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका भूतपूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय रूपमा देखिएका कैयौँ अनिश्चितताको असर सुनमा देखा परेको बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको विवरणमा आयातको ३.४ प्रतिशत हिस्सा सुनको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा झण्डै १२ प्रतिशत बढी हो ।

बुधबार, चैत्र २१, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957