ज्वाला अपडेट डटकम

२ वर्ष अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितोकर्जाको जोखिमभार घटाएको छ ।

यसअघि १५० प्रतिशतसम्म रहेको सेयर धितोकर्जाको जोखिम भारलाई कम गर्दै केन्द्रीय बैङ्कले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको हो ।

५० लाख मुनिको सेयर धितो कर्जाको जोखिम भार भने १०० प्रतिशत कायम छ । यसअघि सेयर धितो कर्जाको सीमालाई १२ करोडबाट १५ करोड र २० करोड बनाएको केन्द्रीय बैङ्कले बजारको तीव्र आलोचनापछि समीक्षामार्फत जोखिम भार कम गरेको हो । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।

यस्तै ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिम भार पनि १२५ प्रतिशतमा झारिएको केन्द्रीय बैङ्कले जनाएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिम भार थियो । यसका साथै ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि केन्द्रीय बैङ्कले गरेको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।

शुक्रबार, मंसिर २२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957