सुर्खेत । काठमाडौंको वर्ल्ड स्कुलको बृहत शैक्षिक कार्यक्रम ‘नेपाल टुर’ सुर्खेतमा सम्पन्न भएको छ ।
‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ ‘वर्ल्ड स्कुलको नेपाल टुर’ वीरेन्द्रनगर सुर्खेतमा बृहत शैक्षिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालयका सञ्चालक ई. डा. मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाई अगाडि बढाउँदै आएको बताए ।

शिक्षामा देशको लगानि विदेश पलायन भइरहेको देखेर आफुहरूले गुणस्तरीय शिक्षा विदेश भन्दा पनि स्वदेश मै दिन सक्ने वातावरणका लागि विद्यालय निर्माण गरेको डा. झाले बताए ।

कार्यक्रमका विशेष अतिथि सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यष गणेश वस्नेतले गुणस्तरीय शिक्षाका लागि काठमान्डौं वर्ड स्कुलले उपत्यका बाहिरका विद्यार्थीहरुलाई पनि शिक्षा पहुँच बढाउन आयोजना गरेको नेपाल टुर क्रार्यक्रम महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर बहादुर दुलालले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै वर्ल्ड स्कुलमा हुने पढाई र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी दिएका थिए ।

काठमाडौं वर्ल्ड स्कुलले यसअघि धरान, विर्तामोड़, इटहरी, दाङ्ग लगायतका स्थानहरूमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।

शनिबार, जेठ २७, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१