काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन गर्ने भएकाे छ ।

महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलनकाे घोषणा गरेको हो ।

महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको छ ।

त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीको नामाकरण तथा धितो लिलामी गरी व्यवसायीहरु दिनप्रति दिन आत्माहत्या र आत्मदाह गर्न बाध्य पार्ने कामको खण्डन गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।

महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीप्रति लिने नीति व्यवसायीमैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अपहेलना गरेको बताएका छन् ।

शनिबार, माघ १४, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957