काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएको बताए । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम तरलता रहेको भन्दै उनले तरलता समस्या भने रहेको बताए । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताए । यसमा पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको बताए । तर, समग्रमा सरकारी खर्च गत वर्षको भन्दा २ प्रतिशतले बढी रहेको बताए ।

सरकार परिवर्तनपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको उनले बताए । तर अब रफ्तारमा पुँजीगत खर्च हुने अर्थमन्त्रीको दावी छ ।

राष्ट्र बैंकले गैर आवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक असर गर्ने बताए ।

बिहिबार, मंसिर २३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४