काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्य रात १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थका मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

शनिबारदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ रुपैयाँ प्रति लिटर भएको छ । त्यस्तै, मट्टितेल र डिजेलको मूल्य ११६ रुपैयाँ बनाएको निगमले जनाएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा ५० रुपैयाँले वृद्धि गरि एक हजार पाँच सय रुपैयाँ बनाएको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा गरेको नेपाल आयाल निगम त्यसको ठिक एक वर्षपछि ठूलो परेको जनाएको छ । अहिले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेलमा १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रुपैयाँ ५६ पैसा र प्रतिसिलिण्डर ग्यासमा ५११ रुपैयाँ ८८ पैसा घाटा भइरहेको निगमले जनाएको छ ।

आगामी १५ दिन यो मूल्य कायम रहँदा पेट्रोलमा ४० करोड ५३ लाख, डिजेलमा एक अर्ब ९ करोड र हवाई इन्धनमा ११ करोड रुपैयाँ नोक्सानी रहेको छ । ग्यासमा १५ दैनिक ७५ करोड ७० लाख गरेर कुल घाटा २ अर्ब ३६ करोड २३ लाख रुपैयाँ रहेको छ । निगमका अनुसार नोक्सानी १५ दिनमै २ अर्ब २ करोड ६ लाख कायम हुनेछ । ८

शनिबार, कार्तिक १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१