काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा) लाई साथमा लिने प्रयन्तमा छन् ।

एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउदैं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने बताएका छन् ।

उनी एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न गठित कार्यदलमा केपी ओली पक्षबाट संयोजक छन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

वालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीले यही जेठ पहिलो साता विश्वासको मत लिन चाहेका छन् । तर, प्रधानमन्त्रीको बुझाइमा अझै अनुकूल वातावरण बनिसकेको छैन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न एमालेभित्रको आन्तरिक विवाद मिलाएर मात्रै पुग्दैन, जसपाको समेत विश्वास लिनुपर्ने हुन्छ ।

बुधबार, जेठ ०५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४