बर्दिया । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक शुभारम्भ गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।

अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यले बैंक खोलिएको अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक भेषराज पौडेल बताए ।

बर्दियामा कोभिडबाट ५३ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितको संख्या १७ सयको हाराहारीमा छन् । भारतसँगको खुला सीमबाट लुकिछिपी नागरिकहरू आउँदा जिल्लामा सक्रिय संक्रमित बढ्दै गइरहेको छ । समुदाय स्तरमा कोभिड तीव्र रूपमा फैलँदा उपचारमा समेत चुैनौती देखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको भनाइ छ ।

स्थानीय सरकारले संक्रमितहरूको घर–घरमै पुगेर स्वास्थ्य अवस्था, खानपिन र औषधि उपचारका विषयमा ध्यान दिन नसकेको जनगुनासो छ । खुला सीमाबाट आवत जावतमा थप कडाइ गर्नुका साथै संक्रमितको घरमै गइ स्वास्थ्य अवस्था बुझ्नुपर्ने गुलरिया ६ का सुधान्सु प्रकाश शर्माको सुझाव छ ।

खुला सीमाका कारण बर्दियामा कोभिड संक्रमण चुनौती पूर्ण बन्दै गएको छ । सीमा क्षेत्रमा प्रहरी तैनाथ गरिए पनि मानिसहरू जिल्ला भित्रिने क्रम भने रोकिएको छैन । यस्तो लापरबाहीले अवस्था झन् भयावह नबन्ला भन्न सकिन्न । यसतर्फ सम्बन्धित निकायको ध्यान दिन आवश्यक छ ।

शनिबार, जेठ ०१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957