काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा युवती विचमा रहने प्रेम र घातलाई कलात्मक रुपमा समेटिएका कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार हिराकाजीले बताए । मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ ।

उत्तम हुमागाईँको छायाँकन , अनिल रानाको सम्पादन तथा हिराकाजी थापाको निर्देशन भिडियोमा रहेकोे छ । गीतको भिडियोमा लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको छ । गीतको भिडियो काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।

‘मैले रुँदा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सोमबार, पौष ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४