सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा बिहिवार दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

डा. सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक गुमाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले यो घटनाले देशकै लागि अपूरणिय क्षती भएको उल्लेख गर्दै कोरानालाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।

बिहिबार, आश्विन १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१