बढ्यो खाना पकाउने ग्यास र पेट्रोलको मूल्य

काठमाडौं । खाना पकाउने ग्यास उपभोक्ताको भान्छामा अब थप महंगो हुने भएको छ । नेपाल आयाल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धिसँगै ग्यास महंगिएको हो । निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य […]

केपी ओली सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छन् ।​ मंगलवार काठमाडौँमा आयोजित ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको समेत बताइन् । पूर्वराष्ट्रपति भण्डारीले संसद्‌मा गरेका भाषण […]

मिटरब्याज पीडित न्याय माग्दै काठमाण्डौसम्म पैदलयात्रा गर्ने

काठमाण्डौ । मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलमार्च गर्ने भएका छन् । आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदलमार्च गर्न लागेको जानकारी गराएका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले भोलि झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्ने बताए । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले […]

फिल्म ‘नमेटिने घाउ’ मा सांसद ज्ञानेन्द्र शाही पनि अभिनय गर्दै

काठमाडौं । सांसद ज्ञानेन्द्र शाही पनि फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनको अभिनय रहने भएको हो । आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दियो । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन । एमाले […]

दैलेखमा माघ २६ देखि व्यापार मेला लाग्दै

दैलेख । व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ । संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो । संघले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी जिल्ला तथा समग्र कर्णाली प्रदेशको […]

रवि र जिबीविरुद्ध सहकारी विभागमा दर्ता भयो उजुरी

काठमाण्डौं । सहकारीमा भएको करोडौं ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पूर्वसहकमर्मी जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्धत निर्देशक लामिछानेविरुद्ध युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन् । लामिछाने र राई दुवैविरुद्ध छानबिन र कारबाही मागसहित सफलले […]

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं  : कर्णाली लगायतका देशका अधिकांस भुभागमा साधारण माैषम बदलीकाे सम्भावना रहेकाे छ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईमा हुस्सु र कुहिरो लागेको जनाइएको छ । बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था […]

रूसी सेनामा गएका थप एक नेपालीको मृत्यु

काठमाडौं : रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय […]

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी […]

३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसलाइ

३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको हो । उपाधिका लागि बिहीबार दिउँसो १ बजेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्चमा भएको एपीएफ र पुलिसबीचको खेलमा पुलिस क्लबले उपाधि हातपार्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एपीएफले पुलिसलाई […]

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957