ज्वाला अपडेट

५ महिना अगाडि

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका १, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता भएको छ । ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरण शैलीमा बेपत्ता पारिएको‌ हो ।

‎उक्त शिशु तीन महिना अगाडि जन्मिएको र घरमा सबै सुतिसकेका अबस्थामा ‎घर पछाडीको रुखमा राखेको खरमा आगो लाग्दा बच्चा हराएको स्थानिय बमबहादुरका दाजु दीपक बुढाले जानकारी दिए ।

माथिल्लो घरका मान्छेले देखेर खबर गरे उनी भन्छन्, त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए । ‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए । उनका बुझाइमा बच्चालाई लिनमा लागि कुनै समुहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको शंका छ ।


‎बेपत्ता पारिएको बच्चासँग अर्का छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए ।

‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलासी गर्दा पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

अचम्म लाग्दो घटना भएको बताउँदै प्रमुख दाहाले अहिले पुन प्रहरी परिचालन गरेको बताएका छन् । ‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन् ।

शुक्रबार, चैत्र २८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४