ज्वाला अपडेट

१ वर्ष अगाडि

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका १, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता भएको छ । ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरण शैलीमा बेपत्ता पारिएको‌ हो ।

‎उक्त शिशु तीन महिना अगाडि जन्मिएको र घरमा सबै सुतिसकेका अबस्थामा ‎घर पछाडीको रुखमा राखेको खरमा आगो लाग्दा बच्चा हराएको स्थानिय बमबहादुरका दाजु दीपक बुढाले जानकारी दिए ।

माथिल्लो घरका मान्छेले देखेर खबर गरे उनी भन्छन्, त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए । ‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए । उनका बुझाइमा बच्चालाई लिनमा लागि कुनै समुहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको शंका छ ।


‎बेपत्ता पारिएको बच्चासँग अर्का छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए ।

‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलासी गर्दा पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

अचम्म लाग्दो घटना भएको बताउँदै प्रमुख दाहाले अहिले पुन प्रहरी परिचालन गरेको बताएका छन् । ‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन् ।

शुक्रबार, चैत्र २८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१