ज्वाला अपडेट

१ वर्ष अगाडि

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा नेपाल विद्यार्थी संघको कमब्याक भएको छ । २०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्क बहादुर शाही स्ववियू सभापती बनेका थिए भने यहि चैत्र १८ गते आठ वर्ष पछि सम्पन्न स्ववियू निर्वाचनबाट ई. विवेक खड्का नेतृत्वको प्यानल नै विजयी भएको हो ।

विभिन्न समयमा तोकिएका निर्वाचनहरु कहिले विश्वविद्यालयको तयारीका कारण त कहिले अदालतको आदेशका कारण रोकिदैं आएको थियो । त्यस यता विभिन्न समय मिति तोकिए पनि चुनाव हुन सकेको थिएन ।

मंगलवार सार्वजनिक भएको मत परिणाम अनुसार एक हजार एक सय ८८ मत ल्याएर नेविसंघका विवेक खड्का प्रत्यासी अनेरास्ववियूका जगतजंग शाहीलाई दुई सय ८० मतान्तरले हराउदै विजयी भएका छन् । माओवादी निकट अखिल क्रान्तीकारीका उम्मेद्वार प्रकाश वि.कले दुई सय ७५ मत पाउँदा स्वतन्त्र उम्मेद्वार मिलन बि.सिले दुई सय ३१ मत प्राप्त गरे । विश्वविद्यालयका चार हजार तीन सय ८३ मतदाता मध्ये दुई हजार आड सय ६४ जनाले मतदान गरेका थिए ।

यस्तै, स्ववियूको सचिवमा भुपेन्द्र आचार्य एक हजार तीन सय ९६, कोषाध्यक्षमा लोक प्रसाद रिजाल एक हजार दुई सय ५५ मतले विजयी भए भने सदस्यहरुमा विकाश कुमार थापा, निशान्त शाही, शिब ढकाल, गणेश थापा, विष्णुराज सिंह, प्रकाश सिंह विजयी भए ।

नेकपा एमाले निकट अनेरास्ववियू, नेकपा माओवादी निकट अखिल क्रन्तीकारी, नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मसाल, धर्मेन्द्र बास्तोला निकट नेकपा बहुमत, नेत्र विक्रम चन्द विप्लवको नेकपा लगायतका संगठनबाट उम्मेद्वारी रहेको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीका जानकारी दिए ।

बिहिबार, चैत्र २०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१