काठमाण्डौं । कोरोना भाईरस कोभिड १९ संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यू भएसंगै कुल मृतकको संख्या ५५ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्ध र गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएपछि मृतको संख्या ५५ जना पुगेको हो ।
ज्वरो आएपछि उनलाई साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रबार, साउन १६, २०७७मा प्रकाशित गरिएको