सुर्खेत । गुर्भाकोट नगरपालिका ४ का वडाध्यक्ष प्रशन्नकुमार शाहले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेटबाट आफ्नै जग्गामा पानी पोखरी बनाएका छन् ।

वडाध्यक्ष शाहले नगरपालिकाको वडा नं. ४ मा रहेको आँपखोलीस्थित घरनजिकै खेतमा करिब ७ लाख रुपैयाँमा पोखरी बनाएका हुन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आँपखोलीमा तीनवटा पानीपोखरी बनाएको छ । दुईवटा सार्वजनिक जग्गामा बनेका छन् भने एउटा वडाध्यक्ष आफैले आफ्नो खेतमा बनाएका हुन् । स्थानीय बासिन्दाले वडाध्यक्षको उक्त कार्यको बिरोध गरेका छन् । वडाध्यक्षजस्तो पदमा बसेको व्यक्तिले सार्वजनिकस्थल वा सबैलाई सुविधा हुने गरी पोखरी बनाउनु पर्नेमा आफ्नै नम्बरी जग्गामा पोखरी बनाउँदा आश्चर्य लागेको स्थानीयबासी राम डाँगीले बताए ।

वडाध्यक्ष शाहले आफ्नो निजी लगानीमा पोखरी बनाउने तयारी भइरहेको अवस्थामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट पैसा आएपछि सोही बजेटबाट पोखरी बनाएको बताए ।

गुर्भाकोटका नगर प्रमुख हस्त पुनले राष्ट्रपति चुरे सरंक्षण कार्यक्रमले नगरपालकासँग कुनै समन्वय नगरी कार्यक्रम सञ्चालन गरेकोले त्यसबारे जानकारी हुन नसकेको बताए ।

बुधबार, साउन १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४