सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर बिष्टले नेकपा भित्रको बिवाद औचित्यहिन भएको बताएका छन् । बुधबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न नेकपाका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले यस्तो बताएका हुन् ।

नेकपा भित्रको बिवादले प्रतिपक्ष पार्टीलाई खुट्टा तान्न सजिलो वातावण बन्ने भन्दै उनले एकआपसमा बिवादित हुनु भन्दा एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प नभएको बताए ।

शिब प्रसाद उपाध्यायको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य तथा नेकपा सुर्खेत जिल्ला ईन्चार्ज नर बहादुर बिष्ट रहेका थिए भने जिल्ला कमिटी सदस्य तथा प्रदेशका सम्पुर्ण सांगठनिक सदस्यहरुको उपस्थिती रहेको थियो ।

सामन्तवाद, साम्राज्यवादका बिरुद्ध संघर्ष गर्दै नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपन गर्ने श्रेष्ठको स्मृति दिवशको अबसरमा नेकपाले दशैभर श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

२००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।

१९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भएको थियो।

बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१