काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार (भोलि) सम्मका लागि सचिवालय बैठक स्थगित गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठक भने दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको नेकपाले जनाएको छ ।

बैठक शनिबार ३ बजे बालुवाटारमा बस्नेछ । दुई अध्यक्षकै सहमतिमा शुक्रवार बोलाइएको स्थायी कमिटी बैठक आइतबारका लागि सारिएको थियो ।

नेकपाको सचिवालय बैठक पछिल्लो पटक गत असार ६ गते बसेको थियो । पार्टी सत्ताभित्र चरम विवादमा फसेको नेकपामा प्रधानमन्त्री ओलीलाई हटाउनेबारेमा तीब्र विवाद रहेको छ ।

शुक्रबार, साउन ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।