सुर्खेत, असार २८ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ ।

हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको एसपी भट्टले बताए ।

पीडित र पीडकको सम्पर्कमा रहेका २३ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएको एसपी भट्टले जानकारी दिए ।

एसपी भट्टका अनुसार वीरेन्द्रनगरका ३६ वर्षीय ती पुरुषले श्रीमान् विदेशमा रहेको मौकामा हाडनाता पर्ने एक महिलालाई करणाी गरेका थिए । बलात्कार आरोपीको बयान सकिएको र अदालतमा मुद्दा दर्ताको प्रकियामा रहेको छ ।

असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो ।

यो भिडियो एकपटक अबश्य हेरिदिनुहोला…………………….

आइतबार, आषाढ २८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।