सुर्खेत, असार २८ । प्राकृतिक प्रकोपको पुर्व जानकारी प्राप्त गर्न सुर्खेतमा जडान गरिएको मौषमी राडारले एक महिना देखि काम गरेको छैन ।

सुर्खेतको रातानाङ्ला डाँडामा जडान गरिएको नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए । ‘राडार सञ्चालनमा आएपछि कहिले चट्याङले हानेर, कहिले ट्रान्सफर्मर बिग्रिएर समस्या हुन्छ,’ उनले भने, ‘पछिल्लो समय जेठ अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रेपछि पूरै बन्द भयो ।’

नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख पराजुलीले बताए ।
काठमाण्डौंबाट दुईपटक प्राविधिक टिम ल्याएर बनाउँदा पनि पूर्णरुपमा सञ्चालन गर्न नसकिएको भन्दै उनले अबको दुई/ तीन दिनमै सञ्चालन गर्ने गरी काम भैरहेको जानकारी दिए ।

मनोरञ्जनका लागि यो भिडियो पुरा हेर्नुहोला र च्यानल गरिदिनुहोला………..

आइतबार, आषाढ २८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४