सुर्खेत, असार २४ । कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दित क्वारेन्टिनमा बसेका दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

यसअघि पनि असार ११ गते दुईजना चिकित्सक सहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए ।

यस्तै, स्वास्थ्यकर्मी सहित कर्णाली प्रदेशमा बुधबार मात्र २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार पाँच सय ५० पुगेको छ । कोरोना पुष्टि हुनेमा सुर्खेतका १३ जना, दैलेखका ५ जना र मुगुका २ जना रहेका छन् ।

बुधबार, आषाढ २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४