काठमाण्डौं, असार १९ । पाकिस्तानमा यात्रुबाहक बस र ट्रेनले ठोक्किदा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिंदा उक्त दुर्घटना हुंदा २० जना बढीको मृत्यू र थप ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् ।

यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस ट्रेनले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई दिउँसो करिब १:३० बजे ठक्कर दिएको थियो ।

पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

बसमा करिब २५ जना यात्रारत थिए । उक्त बसका यात्रीहरु पेशावरतर्फको यात्रामा थिए ।

शुक्रबार, आषाढ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४