काठमाडौं, असार १३ । नेपालमा शनिबार मात्र ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिए ।

रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

यसैविच, कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । शनिबार बिहान कैलालीका ५० वर्षीय एक पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १ सय ३६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई हजार ८ सय ३४ पुगेको छ ।

शनिबार, आषाढ १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४