सुर्खेत, असार ११ । रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि कारागार चलान भएकी छन् ।

उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । शुक्रबारदेखि सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार अबेर यस्तो आदेश गरेका थिए। धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

उनको नाम कानुन अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ। प्रतिवादी डम्बरबहादुर मल्ल सहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश नै भएको थियो । अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र चलान गर्न आदेश भएकालाई राति नै जिल्ला कारागार चलान गरिएको हो ।

आदेशमा अन्य ३ जना अभियुक्तलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो । साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन् ।

यसअघिको आदेशमा दुई जना नाबालक नवराजकी प्रेमिका भनिएकी किशोरी र अन्य एक जना आफन्तलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भैसकेको छ। गत जेठ १० रुकुम चौरजहारीमा प्रेमिका लिन भनी गएका नवराज विकसहितका १९ जना टोलीमाथि आक्रमण भएको थियो। उक्त घटनामा परी नवराज विकसहित ६ जनाको वीभत्स हत्या गरिएको थियो ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१