रुकुम पश्चिम असार १० । चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा भएको घटनामा संलग्नहरुमध्ये शुष्मा मल्लकी आमालाई जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गरेको छ ।

जिल्ला अदालतले जाजरकोटका नवराज विसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न मध्ये शुष्मा मल्लकी आमा प्रकाशी मल्ललाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

सो घटनामा संलग्न भनिएका मध्ये इन्द्रबहादुर मल्ल, कुलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई साधारण तारेखमा रिहा गरेको छ भने बाँकी २३ जनालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।

जिल्ला अदालत पश्चिम रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमा प्रकाशी मल्ललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ । तीबाहेक अरु २३ जना आरोपित पुर्पक्ष थुनामा जाने छन् । यो आदेशमा चित्त नबुझाउने पक्षले उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुला छ ।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६, (१) र (३) तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको श्रेष्तेदार बोहराले बताए । इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।

गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेका थिए ।

गत जेठ १० गते चौरजहारी नगरपालिका ८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथि सोतीका गाउँलेले आक्रमण गरेका थिए । आक्रमणमा परि ६ जना युवाको ज्यान गएको थियो ।

जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ जनाको मृत्यु भएको छ । जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

बुधबार, आषाढ १०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957