काठमाण्डौ, असार ७ । भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालीन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीति तयार गरेको बताएका छन् ।

चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको उनले आरोप लगाएका छन् । चीनको वायु सेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा र उनीहरुको संख्याका विषयमा भारतीय सेना अवगत रहेको उनले बताए ।

हैदरावादको डुन्डीगलमा एयर फोर्स एकेडेमीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भदौरियाले चीनको एयर बेस र नियन्त्रण रेखामा तैनाथ उनीहरुको संख्याका विषयमा भारतीय वायुसेना जानकार रहेको बताए ।

भारत र चीनबीच युद्ध हुनसक्छ भन्ने प्रश्नको जवाफ दिँदैं भदौरियाले भने– ‘हामी चीनसँग युद्धको स्थितिमा छैनौं । तर कुनै पनि आकस्मिक स्थितिको जवाफ दिनका लागि हामी पुरै तयार छौं । नियन्त्रण रेखाको अवस्थालाई शान्तिपूर्ण तरिकाले हल गर्नका लागि सबै प्रयास गरिएको छ ।’

गलवान उपत्यकामा मारिएका भारतीय जवानहरुको बलिदानी व्यर्थैमा खेर जान नदिने पनि उनले बताए । भदौरियाकाअनुसार केही प्रमुख एयर बेसमा भारतले आफ्ना पोस्ट विस्तार गरेको छ र आवश्यकताअनुसार वायुसेनाले उडान भर्नेछ ।

गलवान घाँटीमा १५ जुनमा चीन र भारतबीच ५ दशकयताकै सबैभन्दा ठूलो सैन्य टकराव निम्तिएको थियो । यस घटनामा भारतीय पक्षका २० जवान मारिएका थिए । त्यसयता दुई देशबीचको सम्बन्ध चिसो छ ।

आइतबार, आषाढ ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।