मोबाइल चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साविर बक्सलाई मोबाइल चोरी गरेको आरोपमा नियन्त्रणमा लिई मिति २०८३ जेठ २७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।

जेठ ३० गते अपराह्न करिब ४ः२६ बजे हिरासतमा रहेका साविर बक्स एक्कासी बेहोस भएपछि तत्काल प्रहरी सहायक निरीक्षक रुद्र थापाको कमाण्डमा रहेको मोबाइल टोलीले उनलाई उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ लगेको थियो। उपचारकै क्रममा साँझ ५ः३२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि सुरक्षा व्यवस्थापनका लागि प्रहरी सहायक निरीक्षक मोहन चन्दको कमाण्डमा ११ सदस्यीय प्रहरी टोली प्रदेश अस्पतालमा खटिएको थियो। मृतकका करिब १२–१३ जना आफन्त अस्पताल पुगेका थिए भने साँझ ८ः२० बजे मृतकका ठूला बुवा निकाय अन्सारीको नेतृत्वमा २०–२५ जनाको समूह जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेको थियो। सो क्रममा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

राति ९ः०४ बजे मृतकको शव अस्पतालको शवगृहमा राखिएको थियो। घटनाप्रति चासो व्यक्त गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर छलफल थालेपछि प्रमुख प्रशासकीय अधिकृत गीता बरै मगरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। जेठ ३० गते साँझ ५ः४५ बजेका लागि तय गरिएको छलफल निष्कर्षमा नपुगेपछि अर्को दिन पुनः छलफल गर्ने सहमतिसहित स्थगित गरिएको थियो।

यसैबीच, असार ६ गते दिउँसो १२ः४५ बजे पोस्टमार्टम सम्पन्न भएपछि मृतकको शव उनका जेठो बुवा हबि बक्स मियाले बुझिलिएको जनाइएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन गठित छानबिन समितिले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।

शनिबार, आषाढ ०६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१