सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका–१२ सल्लिचोकस्थित एक होटलको कोठाभित्र अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका–९ स्थायी घर भएका तथा हाल सल्लिचोकमा ‘न्यू जाजरकोटी धर्मा शक्ति एण्ड लज’ सञ्चालन गर्दै आएका मान बहादुर खड्काको होटलमा उक्त घटना भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार, जेठ २ गते राति करिब १०:३० बजे सल्लिचोक बस्ने वर्ष ३० का राकेश सुनारले होटलको कोठा नम्बर ३ बुक गरी बसेका थिए । त्यसपछि असार ३ गते बिहान करिब ४:३० बजे उनले सोही स्थानका वर्ष ३८/३९ का लोक बहादुर डाँगीलाई होटलमा बोलाएर सँगै बसेका थिए ।

 बुधवार बेलुका करिब ५:२५ बजे होटल सञ्चालककी २४ वर्षीया छोरी मंगला खड्काले कोठा जाँच गर्ने क्रममा लोक बहादुर डाँगीलाई अचेत अवस्थामा फेला पारेकी थिइन् ।

अचेत अवस्थामा फेला परेका डाँगीलाई तत्काल उपचारका लागि छिन्चुस्थित गणेश मेडिकलमा लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि वडा अध्यक्ष राम बहादुर डाँगीको पहलमा कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले बुधवार बेलुका ६:२० बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश के.सी.को नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

यसैबीच, घटनाको थप अनुसन्धानका लागि प्रहरीले  सोही कोठामा बस्ने वर्ष ३० का राकेश सुनारलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखेर घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि खुल्ने जनाएको छ ।

बिहिबार, आषाढ ०४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१