सुर्खेत । सुर्खेत कारागारमा कैद भुक्तान गरिरहेका एक बन्दीको मृत्यू भएको छ । दैलेख जिल्लाको नौमूले गाउँपालिका ४ घर भई सुर्खेत कारगारमा बन्दी रहेका २२ वर्षीय लछुमन सुनारको वैशाख २३ गते साँझ मृत्यू भएको हो ।
कारागारभित्र साँझ ६ः४० बजे बेहोस् भएका सुनारलाई कारागार प्रशासनले उपचारका लागि कर्णाली प्रदेश अस्पताल लिँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला कारागार सुर्खेतका निमित्त प्रशासक भुवन गौतमले बताए ।

मृतकको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ । परिवारजनले घटनाको सत्य तथ्य छानबिन हुनुपर्न माग राखेका छन् । जाजरकोट र दैलेखको सिमानामा भएको हत्या घटनामा गिरफ्तार भएका सुनारफाई जिल्ला अदालत जाजरकोटको ०८२ मंसिर ७ गतेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।
जाजरकोट कारागार मै रहेका सुनारलाई कारागारको नयाँ भवन बनाउने योजना अनुरुप पुस १५ गते सुर्खेत सारिएको थियो ।
शुक्रबार, बैशाख २५, २०८३मा प्रकाशित गरिएको



